साउदीमा मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमादान, ३० लाख ब्लडमनी जुटाउनुपर्ने

पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७देखि साउदीको जुवेल जेलमा छन् । यादवका पक्षबाट अब पीडित परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्नेछ ।
अब ब्लड मनी जुटाउनका लागि अभियान सुरु भएको छ । उनलाई सहयोग गर्न चाहानेले प्रभु बैंकको खाता नम्बर ४९००१००९१३५८८०००००१मा जम्मा गर्न सकिने छ ।
पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पुगेर सरोज यादव नेतृत्वको नेपाली पक्षले माफीका लागि पहल गरेको थियो । ब्लडमनी दिने शर्तमा मृतकका परिवारले यादवलाई क्षमा दिन सहमति जनाएका हुन् ।
११ वर्षअघि यादव पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या आरोपमा पक्राउ परेका थिए । उनलाई अदालतले मृत्युदण्ड दिने फैसला गरिसकेका कारण मृतकका पविारले क्षमा नदिए उमेशलाई बचाउन सकिने अवस्था थिएन ।
उमेशलाई क्षमा दिलाउन ग्रोइङ नेपाल फाउण्डेसनका अध्यक्ष सरोज रायले ठूलो मिहिनेत गरेका थिए । उनी पाकिस्तानी नागरिक लिएर नै पीडित परिवारलाई भेट्न पाकिस्तान पुगेका थिए ।
उनकै अनुरोधमा पीडित परिवारले फैसलावादको अदालतमा पुगेर उमेशलाई माफी दिने र त्यसबापत ब्लडमनी बुझ्ने सहमति जनाएका छन् ।
अब उमेशलाई बचाउन ब्लडमनी संकलन अभियान सुरु भएको छ ।
oNLINE KHABAR
No comments