• Trending News

    किम र मुनले अंकमाल गर्दा ट्रम्पलाई नोबेल पुरस्कार ?

    लगातारको क्षेप्यास्त्र परिक्षण र युद्धको भयानक आतंकलाई बिर्साउँदै शुक्रबार उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे-ईनबीच ऐतिहासिक भेटवार्ता भयो ।
    सीमा क्षेत्रमा भेटेका दुई नेताबीच कोरियाली युद्ध अन्त्य गरी यो प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने दिशामा काम गर्न सहमति गर्दा बिश्वले शान्तिको सास फेरेको महसुस भएको छ ।
    तर, यति लामो तिक्तता र युद्धको अबस्थालाई अन्त्य गर्दै दुई देशका राष्ट्राध्यक्षलाई अंकमाल गर्ने अबस्थामा पुर्‍याउने श्रेय कसलाई जान्छ ?
    डोनाल्ड ट्रम्प ।
    यो अरुले होइन, दक्षिण कोरियाका विदेशमन्त्रीले भनेका हुन् । विदेशमन्त्री काङ क्यूङ हृवाले सीएनएनसँग भनेकी छन्, ‘उनी-ट्रम्प) पहिल्यैदेखि नै यो दिनका लागि दृढ संकल्पित थिए ।’
    अब ट्रम्प र किमलाई नोबेल शान्ति पुरस्कारको प्रमुख दावेदारका रुपमा चर्चा गर्न थालिएको छ ।
    सिनेटर लिन्डी ग्राहक, जो किमका ठूला फ्यान होइनन्, सहमत छन् कि यो ठूलो उपलब्धी हो । उनले फक्स न्यूजसँग भनेका छन्, ‘ट्रम्पले उत्तर कोरिया र चीनलाई आश्वस्त पारेका छन् कि उनी परिर्वतनका लागि गम्भीर छन् ।’
    उनले अघि भने, ‘यो सफल भयो भने ट्रम्प नोबेल शान्ति पुरस्कारका हकदार हुन्छन् ।’
    जुनियर ट्रम्प पनि आफ्ना बुबा नोबेल शान्ति पुरस्कारको हकदार भएको मान्छन् तर, दिन्छन् भन्नेमा शंका गर्छन् । एलिटहरुले यो दिन्छन् भन्ने नलागेको उनले बताए ।
    अहिले पनि कोरियाली प्रायद्विपमा पूर्ण शान्तिको अबस्था आइसकेको छै्रन् । तर, किम जोङ उनले शान्तिका लागि जुन तत्परता देखाएका छन्, त्यसले सुखद् भविष्यको संकेत गरिरहेको छ । यसको जस लिइहाल्न यतिबेला ट्रम्पका सहयोगीहरु हात धोएर लागेका छन् । ट्रम्पले बिश्व शान्तिका लागि अहम् भूमिका खेलेको भन्दै ट्रम्पका सहयोगीहरु उनलाई नोबेल पुरस्कार दिलाउने अभियानमा लागिसके ।
    oNLINEKHABAR

    No comments

    Like Us