• Trending News

    उत्तर कोरियाका नेता किमकी बहिनी दक्षिण कोरिया जाँदै, झस्कियो अमेरिका

    Image result for north koreaएजेन्सी- नेता किम जोन उनकी बहिनी किम यो जङ दक्षिण कोरियामा हुने ओलम्पिकमा सहभागी हुने भएकी छिन् । अन्तराष्ट्रिय मिडियाका अनुसार ओलम्पिकमा सहभागी हुन जङ दक्षिण कोरिया जान लागेसँगै दुई कोरियाबीचको सम्बन्धमा चमत्कारीक सुधार आएको बिश्लेषण गर्न लागिएको छ ।
    दक्षिण कोरियामा हुन लागेको ओलम्पिकमा सशभागी हुने उत्तर कोरियाका दुई सय ८० जनाको प्रतिनिधिमण्डल भने दक्षिण कोरिया पुगिसकेको छ ।
    अमेरिकाले भने ओलम्पिकमा सहभागी हुने उत्तर कोरियाको निर्णयलाई प्रोपोगाण्डाको संज्ञा दिएको छ ।जङ किमकी शक्तिशाली बहिनी हुन् । जङले गत वर्षमात्र उनले कम्युनिस्ट पार्टीको नीति निर्माण तहमा पुगेर चर्चा पाएकी थिइन् ।
    OsNepal
    .

    No comments

    Like Us