ह्वाइटहाउस अगाडि एक व्यक्तिले गरे आत्महत्या

ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका थिए ।
आत्महत्याको कारण नखुलेको घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आत्महत्या गर्ने व्यक्तिको नाम पनि खुलाइएको छैन ।
बीबीसीका अनुसार सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइहाउसमा थिएनन् । उनी श्रीमतीसहित फ्लोरिडामा थिए ।
वाशिङगटन पोस्टले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार ति व्यक्ति मानिसहरुको भिडभाड भएको क्षेत्रमा उभिएर आफैलाई गोली हानेका थिए । त्यसपछि त्यहाँ मानिसहरुको भागदौड मच्चिएको सामाजिक सन्जालमा पोष्ट भएको भिडियोमा देखिन्छ ।घटनामा अन्य व्यक्ति भने घाइते नभएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय ह्वाइट हाउस वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Onlinekhabar
No comments