विश्वकप क्रिकेट छनोटः नेपाल जिम्बाब्बेसँग खेल्दै

खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने कार्यतालिका छ ।
राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।
आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबावमा छ । जिम्बाब्बेलाई स्तब्ध तुल्याउन सके नेपाललाई अघि बढ्न मार्गप्रशसस्त हुनेछ । तर नतिजा जिम्बाब्बेको पक्षमा गएमा नेपालको यात्रा सहज हुनेछैन ।
डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।
डिभिजन–२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।
Onlinekhabar
No comments