रियल मड्रिडले पीएसजीलाई फेरि हरायो, रोनाल्डोको गोल

मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले पीएसजीलाई २-१ ले हराएको हो । पहिलो लेग ३-१ ले जितेको लगातार दुई पटकको च्याम्पियन रियल समग्रमा ५-२ को नजिताका साथ अन्तिम ८ मा पुगेको छ ।
पेरिसमा भएको खेलको पहिलो हार गोलरहित बराबरीमा टुंगियो । तर, दोस्रो हाफको सुरुमा नै क्रिष्टियानो रोनाल्डोले मड्रिडलाई अग्रता दिलाए ।
६६ औं मिनेटमा घरेलु टोलीले झड्का ब्यहोर्यो । उसका भेराटीले रातो कार्ड पाए । तर, ७१ औं मिनेटमा इभिन्सन काभानीले गोल गरे ।
खेलको ८० औं मिनेटमा कासिमेरोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।
अर्को खेलमा लिभरपुलले एफसी पोर्टोसँग बराबरी गोलेको छ । तर, पहिलो लेगमा हात पारेको ५-० को जितको मदतमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
Onlinekhabar
No comments