विद्या भण्डारीविरुद्ध कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०३० सालबाट राजनीतिमा आवद्ध राई दोस्रो संविधानसभामा समानुपातिक सांसद पनि थिइन् । उनी कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा सांसद बनेका उनको पञ्चायत कालमा हत्या भएको थियो ।
कांग्रेसमा सांसद मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिएको थियो । तर, एमालेले विद्या भण्डारीलाई अघि सारेपछि कांग्रेसले पनि महिला उम्मेदवार बनाएको छ ।
No comments