रुसी सेनाको विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार माध्यमहरुले रसियन एएन–२६ मिलिटरी ट्रान्सपोर्ट प्लेन सिरियाकाे लताकिया राज्यस्थित हेमिम एयरबेसमा अवतरणका क्रममा दुर्घटना भएको जनाएका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये ३३ जना रसियन आर्मी र ६ जना चालक दलका सदस्य हुन् ।
विमान दुर्घटनाको कारण खुलेको छैन । आतंकवादी आक्रमण या प्राविधिक गडबडीमध्ये कुनै एक कारणले विमान दुर्घटना भएको अनुमान गरिएको छ ।
Onlinekhabar
No comments