स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय, केन्द्रमा कटौती
काठमाडौं । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।
अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।
यसमा श्रेाणिविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।
२५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।
यस्तै त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् । ७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० पुग्छ ।
बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी २०७४ पास भएको छ ।
कुन मन्त्रालयमा कति कटौती ?
मन्त्रिपरिषद् बैठकले संघमा रहने २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी पारित गरेको छ । संघको मन्त्रालयमा रहने दरबन्दी ३२६० बाट २६५४ मा झारिएको छ ।
| मन्त्रालय | विद्यमान दरबन्दी | नयाँ कायम दरबन्दी |
|---|---|---|
| प्रधानमन्त्री कार्यालय | १५८ | ३०२ |
| ऋर्थ | २२७ | १५२ |
| उद्योग | ११२ | ११७ |
| कृषि | ३२५ | १७९ |
| खानेपानी | ७७ | ६८ |
| गृह | ३०७ | २२६ |
| परराष्ट्र | १४१ | १४१ |
| भौतिक पूर्वाधार | १०६ | ९४ |
| महिला | ८० | ८६ |
| खेलकुद | ६६ | ५६ |
| रक्षा | ९८ | ९८ |
| वन | १६१ | १३० |
| सहरी विकास | १०२ | ७७ |
| शिक्षा | २२६ | १८७ |
| श्रम | ६७ | ७२ |
| पर्यटन | १०६ | ८४ |
| सामान्य प्रशासन | ३३१ | १७४ |
| सञ्चार | ७५ | ८५ |
| स्वास्थ्य | १११ | १०६ |
No comments