ओली सरकारले गर्यो विदा कटौतीको गज्जब निर्णय

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले विदा कटौतीको निर्णय गरेको हो । यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
‘सरकारले सम्बृद्धिको लक्ष्य लिएको छ र यसका लागि कार्यदिवस बढाउन जरुरी छ’ उनले भने ।
अब २०७५ सालमा सार्वजनिक विदा ८९ दिन हुनेछ । यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिनछ ।
२०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो । यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।
No comments