• Trending News

    जन्मिदा छोरा थियो, अस्पतालले छोरी थमाइयो !

    वीरगञ्ज । चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको आरोप सेलाउन नपाउँदै नारायणी उपक्षेत्रीय अस्पतालले अर्को आरोप खेप्नुपरेको छ ।
    अस्पतालले बच्चा सोटेको आरोप लगाउँदै ओपीडीमा तालाबन्दी गरी मुख्य गेट अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन र हो-हल्लाका कारण दिनभर जस्तो अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।
    वीरगञ्ज महानगरपालिका २६ की सुनीता देवीलाई मंगलबार बिहान इरिक्सामा भाउजु र काकीसँग नारायणी उपक्षेत्रीय अस्पताल आएकी थिइन् । अस्पताल नपुग्दै इरिक्सामै सुनिताले बच्चा जन्माइन् ।
    सरसफाइ र सालनाल काट्नका लागि बच्चा र आमा दुबैलाई साढे ७ बजेतिर अस्पताल भर्ना गरियो ।
    तर, सुनीताका बुवा इंगराशन राउत कुर्मीले सरसफाइ गर्ने क्रममा नै नर्सले बच्चा साटेको आरोप लगाएका छन् । ‘जन्मिदा छोरा थियो । सालनाल काटेर ल्याउँदा छोरी थमाइयो’ बच्चाका हजुरबुबा कुर्मीले भने ‘छोरो जन्मेको खुशीमा इरिक्सा चालकलाई समेत ६ सय रुपैयाँ मिठाई खान भनी दिएको छु । नाती जन्मेको खबर सबै आफन्तलाई सुनाइसकेको थिए । अस्पतालमै गडबडी भएको छ ।’
    अस्पतालले बच्चा साटेको भन्दै कुर्मीका परिवारजनले पनि होहल्ला गर्दै विरोध प्रदर्शन गरेका थिए ।
    यसअघि वीरगञ्ज १७ बहुअरीकी २३ वषर्ीया रिनादेवीका परिवारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप लगाएका हुन् ।
    रिनाका श्रीमान सुरजकुमारले भने ‘घटनाबारे छानबिनको माग राखे पनि अस्पताल प्रशासनले सुनवाई गरेको छैन । महिला र बच्चाको स्वास्थ्य परिक्षण रिर्पोट पनि दिएको छैन । हामी प्रशासनमा उजुरी दिने तयारीमा छौं ।’
    नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले भने दुबै आरोप अस्वीकार गर्छन् ।
    अस्पतालको वातावरण विगार्ने प्रयास भइरहेको भन्दै उनले भने, ‘हामी अस्पतालमा सुधार गर्न खोजिरहेका छौं । तर, दिनका दिन विभिन्न बहानमा अस्पतालमा समस्या सृजना गर्ने र वातावरण विगार्ने काम भइरहेको छ ।’
    चिकित्सकबाट गल्ती भए नभएको स्वतन्त्र निकायबाट घटनाहरुको छानबिन गर्न सकिने उनले बताएका छन् 
    Onlinekhabar

    No comments

    Like Us