कतारमा ११ नेपाली कोमामा

अली रमदान ट्रेड कम्पनीमा काम गर्न आएका नेम्वाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसैबेलादेखि कोमामा गएका हुन् ।
दूतावासका अनुसार कमाद अस्पतालमा कोमामा रहेका नेपालीमा नाउलाखोर परासही–२ धनुषाका विन्दे मुखिया विन, शान्तिनगर–५ दाङका भक्तबहादुर रासकोटी, अनिश गोसल जोगी, जर्मन मुखिया, देवीमान्डु–५ बैतडीका भरतराम यादव लावड, गोविन्दपुर–६ धनुषाका सन्तोषकुमार यादव छन् ।
त्यस्तै चोखवाङ–९ रुकुमका ललित बुढा, जंगवीर गुरुङ सुकराज फहिम र चन्द्र गुरुङ पनि कोमामा छन् ।
Online Khabar
No comments