• Trending News

    प्रेस रिभ्यूः स्वराजको सदभाव, अर्थमन्त्रीको दबाब

    १९ माघ, काठमाडौं । आज शुक्रबार, राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले बिहीबार नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणबारे समाचार लेखेका छन् । विभिन्न शीर्षक दिएर पत्रपत्रिकाहरुले आज उनको भ्रमणको पाटा–पक्ष केलाएका छन् ।
    हिजो सम्पन्न भएको प्रदेश ३ को पहिलो ऐतिहासिक प्रदेशसभा बैठकको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् । पत्रिकाहरुले प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक सकिएको उल्लेख गर्दै यो प्रदेशको मुख्यमन्त्रीको सम्भावित अनुहारबारे चर्चा–परिचर्चा पनि गरेका छन् ।
    प्रदेश ३ को पहिलो अधिवेशन र भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको विषयमा केन्द्रित भएका पत्रपत्रिकाहरुले मर्यादाक्रम टुंगिएको, दरबारमार्गमा भएको सामूहिक बलात्कार प्रकरणले नयाँ मोड लिएको, प्रदेश नेता छान्न दलहरुले केन्द्रीय प्रतिनिधि तोकेकोलगायत समाचारलाई पनि छापेका छन् ।
    स्वराजले ओलीलाई भनिन्, ‘सँगै मिलेर काम गरौं’
    अन्नपूर्ण पोस्ट दैनिकले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार भनेर व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएर छापेको छ ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्ला –एक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्याएको समाचारमा उल्लेख छ ।
    ‘नेपालमा संविधान निर्माणपछि सम्पन्न तीनवटा निर्वाचन परिणामले एमालेसहितको गठबन्धनलाई बहुमत दिएका छन्,’ स्रोतलाई उद्धृत गर्दै अन्नपूर्णले स्वराजको भनाइलाई लेखेको छ, ‘तपाईंहरुलाई हाम्रो बधाई छ । अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत सरकार तयार छ ।’
    स्वराज र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तालाई अन्नपूर्णले जस्तै गरी मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले आकस्मिक राजनीतिक भ्रमणमा काठमाडौं ओर्लेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राजनीतिक स्थायित्व र विकास नै भारतको चाहना रहेको भनेर व्यक्त गरेको भनाइलाई समाचार बनाएको छ ।
    कान्तिपुरले लेखेको छ– बिहीबार अपराह्न आएलगत्तै राजनीतिकभेटघाटमा सक्रिय उनले यहाँ विकसित घटनाक्रमबारे भारत जानकार रहेको बताउँदै संविधान कार्यान्वयन हुँदै राजनीतिक स्थायित्वको दिशामा नेपाल अग्रसर रहेकोमा खुसी प्रकट गरिन् ।’
    नयाँ पत्रिका दैनिकले विदेशमन्त्री स्वराजको सदभावना भ्रमण भएकै दिन भारतमा प्रस्तुत बजेटले नेपाली अर्थक्षेत्रमा धक्का दिएको भन्दै यो भ्रमणलाई विदेशमन्त्रीको सदभाव र अर्थमन्त्रीको दबाबका रुपमा विश्लेषण गरेको छ ।
    विदेशमन्त्री स्वराज काठमाडौं ओर्लिएकी दिन नयाँदिल्लीमा बजेट प्रस्तुत भएको थियो । सो बजेटमा भारतमा निर्यात हुँदै आएका नेपाली वस्तुमा उच्चदरले भन्सार बढाइएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ ।एकातिर सदभावनाको सन्देश लिएर विदेशमन्त्री स्वराज नेपाल आउने र अर्कातिर बजेटमार्फत नेपाललाई कस्ने दिल्लीको नीति रहेको नयाँ पत्रिका समाचारको सार छ ।
    कोसीमा भारतीय कर्मचारी र ठेकेदारको मनपरी
    सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकाअन्तर्गत पर्ने योगिनियाँ गाउँ नजिकै रहेको कोसी पश्चिमी तटबन्ध जोगाउन बनाइएको स्पर मर्मत गर्न स्थानीयबासीले दबाव दिएपछि भारतीय पक्षले काम सुरु गरेको छ । तर, पाँच वर्षदेखि जीर्ण तटबन्ध मर्मतमा भारतीय कर्मचारी र ठेकेदारले मनपरी गरिदिँदा भने उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरु त्रसित रहेको नागरिक दैनिकले समाचार छापेको छ ।
    समाचारमा लेखिएको छ– यसअघि तारको जालीमा बोल्डर क्रेटिङ (जालीमा ढुंगा राख्ने काम) गरेर बनाइएको उक्त स्परका अधिकांश जाली र बोल्डर कोसी नदीको पछिल्लो बाढीले बगाइसकेको छ । हाल मर्मत सम्भारका नाममा भारतको बिहार राज्य सरकार मातहत रहेको कोसी योजनाका कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको गुनासो छ । बाढी नियन्त्रण तथा तटबन्ध मर्मत सम्भारमा सामान्य प्राविधिक पक्षलाई समेत अटेर गर्दै भारतीय ठेकेदारले सिमेन्टका खालि बोरामा माटो भरेर स्पर जोगाउने काम थालेका छन् ।
    सिमेन्टको बोरा भन्दा जियो ब्याग बलियो र ठूलो हुन्छ । त्यसैले यस्ता काममा सिमेन्टको बोराको सट्टा जियो ब्यागको प्रयोग गरिन्छ । पछिल्लो तीनचार वर्षयता खाँडो नदीमा पनि सिमेन्टको बोरा प्रयोग हुन छाडिसकेको छ ।१९ माघ, काठमाडौं । आज शुक्रबार, राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले बिहीबार नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणबारे समाचार लेखेका छन् । विभिन्न शीर्षक दिएर पत्रपत्रिकाहरुले आज उनको भ्रमणको पाटा–पक्ष केलाएका छन् ।

    सिमेन्टको बोरा भन्दा जियो ब्याग बलियो र ठूलो हुन्छ । त्यसैले यस्ता काममा सिमेन्टको बोराको सट्टा जियो ब्यागको प्रयोग गरिन्छ । पछिल्लो तीनचार वर्षयता खाँडो नदीमा पनि सिमेन्टको बोरा प्रयोग हुन छाडिसकेको छ ।
    Online Khabar

    No comments

    Like Us