• Trending News

    भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जित

    १९ माघ, काठमाडौं । कोपाडेल रे कप फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा ८३ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा पारे पनि जित निकाल्न ६७ औं मिनेटसम्म कुर्नुपर्यो ।
    पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा लुइस स्वारेजले निर्णायक गोल गरे । लियोनल मेस्सीले दिएको पासलाई सदुपयोग गर्दै स्वारेजले बललाई जाली चुमाए ।

    यसअघि बार्साले गोल गर्ने धेरै सुन्दर अवसर गुमाएको थियो । पहिलो हाफमा इभान रेकटिक र स्वारेजले गोल गर्ने मौका खेर फालेका थिए । यस्तै दोस्रो हाफमा मेस्सीले प्रहार गरेको बल पोस्टको छेउमा लागेर बाहिरिएको थियो ।
    बार्साको यो जितसँगै फाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।
    दोस्रो लेग फेब्रुअरी ८ मा भ्यालेन्सियाको मैदानमा हुनेछ ।
    यस्तै सेमिफाइनलको पहिलो लेगमा सेभिल्ला र लेगानेसले १–१ गोलको बराबरी खेलेका छन् ।
    Online Khabar

    No comments

    Like Us