सिरहाको लहान बजारमा बम बिस्फोट, एक जना गम्भीर

लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दले जानकारी दिए ।
बम कसले र किन राखेको भन्ने खुलेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको बताएको छ ।
चौबिसै घन्टा सुरक्षाकर्मीको गस्ती हुने र प्रहरी ड्युटी बस्ने स्थानमै बिस्फोट भएकोले स्थानीय त्रसित बनेका छन् ।
करिब दुई महिना अगाडि पनि शहीद चोकको अग्रवालको साइकल स्टोरमा शक्तिशाली बम बिस्फोट भएको थियो ।
ब्यबसायीलाई लक्षित गरेर निरन्तर बिस्फोटका घटना भएपछि ब्यापारीहरु आतङ्िकत भएका छन् ।
oNLINEKHABAR
No comments