• Trending News

    कोरियाका मोस्ट वान्टेड अपराधी नेपालबाट पक्राउ

    काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेको कोरियन अपराधी नेपालबाट पक्राउ परेका छन् ।
    लागूऔषध कारोबारसँगै ठगीमा समेत संलग्न कोरियन अपराधी सिउन ओन लीलाई पोखरा प्रहरीले त्यहाँको लेकसाइडस्थित न्यू फ्याम्ली होम होटलबाट पक्राउ गरिएको हो ।
    उनलाई प्रहरीले ३ फागुनमा पक्राउ गरिएको  र कोरिया डिपाेर्ट गर्ने तयारी भइरहेको स्रोतले अनलाइनखबरलार्इ बतायो ।
    उनी एम २५११२९९ नम्बरको पासपोर्ट लिएर पोखरा बसेका थिए ।
    मस्टवान्टेड अपराधी उनी विभिन्न देशका प्रहरीलाई छक्याउँदै नेपालसम्म आइपुगेका थिए ।
    oNLINE kHABAR

    No comments

    Like Us