द्रुतमार्गमा एक लाख बढी रुख काट्दै सेना

मंसिर २७ गतेबाट निजगढ क्षेत्रमा साढे ९ किलोमिटर क्षेत्रको १३ हजार ६ सय रुख कटान गरेको सेनाले अहिले मकवानपुर खण्डको १२ हजार रुख कटान थालेको हो । कटानको कामका लागि अहिले २ सय ६५ जना नेपाली सेना खटिएका छन् ।
कटानको लागि बुदुने क्षेत्रमा २ सय, लेनडाँडा र सिस्नेरी खण्डमा गरी ६५ जना सेनाले रुख कटानको काम गरीरहेको सहायकरथी तथा विकास निर्माण संयोजक भरतबहादुर खड्काका अनुसार छन् । १४ गतेबाट मकवानपुर खण्डमा काम थालेको सेनाले मार्गमा पर्ने १७ बटा सामुदायीक र राष्ट्रिय बन क्षेत्रका १ लाख १४ हजार रुख तिन महिना भित्र काटिसक्ने लक्ष्यका साथ काम गरिरहेको बताइएको छ ।
पहिलो चरणमा रुख कटान पछि निर्माणको काम थालिने सेनाले जनाएको छ । सेनाले अहिले ६ लेनको मार्ग निर्माणको स्विकृती अनुसार कटानको काम गरेको हो ।
मानिसले मात्र काम गरी नसक्ने भएकाले निजगढ क्षेत्रमा ७ र मकवानपुर खण्डमा अहिले ४ वटा एक्साभेटरसहित अन्य इलेक्ट्रोनिक मेसिन जंगे आरा, बञ्चरोको प्रयोग गरेर कटानको काम गरीरहेको छ । दु्रत मार्ग निर्माणको लागि सेनाले १० ठाउँमा क्याम्प निर्माण थालेको छ ।
निर्माण थालेका मध्य ५ वटा निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको क्रममा रहेको सहायकरथी खड्काले जानकारी दिए ।

२०६६ कार्तिक २३ गते वाट ट्रयाक ओपनको काम सुरु गरेको नेपाली सेनाले २०६९ फागुन २७ मा सकेपछि सरकारलाई हस्तान्तरण गरेको थियो ।
ललितपुरको खोकनाबाट मकवानपुरको ठिंगन हुँदै वागमती नदीको किनारा बाट सिमात र बकैया खोला भएर बाराको निजगढ सडक खण्डमा जोडिने द्रुतमार्गमा ५० मिटर भन्दा लामो ४० वटा पुल र अन्य सानातिना ८० वटा पुल निर्माण हुने द्रुतमार्गमामा मकवानपुरको ठिंगनमा एक हजार ३ सय मिटर लामो सुरुङ खनिने बताइएको छ ।




No comments