• Trending News

    सिरियामा ३० वर्षयताकै ठूलो हमला

    २८ माघ, काठमाडौं । इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गरेको छ । इजरायली सैनिक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘दमास्कमा १२ सैन्य क्याम्पलाई हामीले निशाना बनायौं । रुस र अमेरिकाले यस घटनामा गम्भिर चिन्ता जनाए ।’
    इजरायली वायुसेनाका वरिष्ठ जनरल तोमर बारका अनुसार १९८२ मा भएको लेबनान युद्धपछि सिरियाबिरुद्धको यो सबैभन्दा ठूलो हमला हो ।

    इजरायली सेनाले पहिलोपटक सिरियामा इरानी सैन्य क्याम्पमा निशाना बनाएको थियो । यसअघि शनिवार सिरियाली सेनाले एक इजरायली लडाकु जेटलाई खसालेको थियो ।
    सिरियाली गोलबारीको निशाना बनेपछि इजरायली जेेट इजरायली क्षेत्रमा खसेको थियो । अमेरिका र रुसले भनेको छ ‘इजरायल र सीमामा भएको हिंसाको घटनाले हामी चिन्तित छौं ।’
    बीबीसीसँग कुरा गर्दै इजरायली सैनिक प्रवक्ता जोनाथन कोनरीकसले भनेका छन् ‘हामीले खास १२ अलग-अलग सैन्य क्याम्पलाई निशाना बनायौं । तिमध्ये ८ सिरियाको हवाइरक्षा प्रणालीसँग जोडिएका थिए ।’ अन्य चार स्थान पनि संवेदनशील क्षेत्र भएको प्रवक्ताले दावी गरेका छन् ।
    इजरायलका भनाइअनुसार सीरियाको भित्री भागमा सैन्य क्षेत्रलाई निशाना बनाएको छ । इजरायली बिमान खसालेपछि इजरायलका प्रधानमन्त्री वेन्यामिन नेतान्याहुले भनेका छन्, ‘विमान इजरायली सीमामा घुसेर इरानी ड्रोनको लञ्च स्थललाई निशाना बनाएको थियो ।’
    नेतान्याहु भन्छन्, ‘म सीरियामा इरानी सेनाको मोर्चाबन्दीलाई लिएर निकै चिन्तित छु । इरान इजरायलको बर्बाद गर्न र आफ्नो घोषित उद्देश्य पूर्तिका लागि सीरिया क्षेत्रमा गइरहेको छ ।’

    No comments

    Like Us