को को हुँदैछन् राष्ट्रपति र उपराष्ट्रपति
एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने वा नयाँ पठाउने निर्णय गरेको छैन। राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ। प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउन चाहेका छन्। भण्डारीले पनि दोहोरिने प्रकट/अप्रकट चाहना राखेकी छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

एमाले उपमहासचिव घनश्याम भुषाल कसैलाई दोहोर्याउने÷नदोहोर्याउने कुनै सहमति नभइसकेको बताउँछन्। उनले भित्री र बाहिरी दुवै रूपमा पार्टीगत सहमति नभएको बताए। ‘गुट अनुसारका इन्ट्रेस्ट मुखरित भइरहेका नाम हुन्, अहिले आइरहेका। पार्टीले त्यसरी छलफल गरेको पनि छैन, संस्थागत निर्णय हुन बाँकी नै छ। छिटै निर्णय हुन्छ’, उनले भने। एमालेभित्र अर्थमा र माओवादीभित्र गृहमा धेरै नेता आकांक्षी देखिएका छन्। अर्थमा एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलदेखि सुरेन्द्र पाण्डेसम्मले रुची देखाएका छन्। माओवादीभित्र गृहमा रामबहादुर थापा, वर्षमान पुनदेखि जर्नादन शर्मासम्म आकांक्षी छन्।
setopati
No comments