• Trending News

    वेष्ट हृयामविरुद्ध लिभरपुल ४-१ ले विजयी, म्यानचेस्टर युनाइटेड पछि पर्‍यो

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट हृयाम युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
    घरेलु मैदानमा लिभरपुलले २९ औं मिनेटबाटै अग्रता लिएको थियो । पहिलो गोल एम्र क्यानले गरेका थिए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्‍यो । अरु तीन गोल मोहम्मद सालह, रोबर्टो फिरमिनो र साडिओ मानेले गरे । वेष्ट हृयामका लागि एन्टोनियोले ५९ औं मिनेटमा सान्त्वना एक गोल फर्काए ।
    लिभरपुलका मोहम्मद सालह म्यान अफ द म्याच भए ।
    यो जितपछि लिभरपुल म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । २८ खेल खेलेको लिभरपुलको ५७ अंक छ भने समान खेल खेलेको म्यानचेस्टर युनाइटेडको ५६ अंक छ ।
    पहिलो स्थानमा भने म्यानचेस्टर सिटी छ । २७ खेल खेलेर उसले ७२ अंक जोडेको छ ।
    गएराति नै भएको अर्को खेलमा पनि ब्राइटनले स्वान्सी सिटीलाई ४-१ ले हराएको छ ।
    अन्य खेलमा हर्डसफिल्ड र वाट्फोर्ड विजयी भए । यस्तै लेस्टर सिटी र स्टोक सिटी, बर्नली र साउथहृयाम्पटन तथा बोर्नमाउथ र न्युक्यासलबीचको खेल बराबरी भएको छ ।
    onlinekhabar

    No comments

    Like Us