• Trending News

    आफ्नो शिकारलाई मातृत्व दिइरहेकी सिंहिनी

    झट्ट हेर्दा तपाईंलाई लाग्दा यो सिंहिनी आफ्नो बच्चालाई मुसारिरहेकी छे । तर भ्रममा नपर्नुस्, उसले आफ्नै बच्चा जसरी माया गरिरहेको यो जीव खासमा उसको ‘शिकार’ हो ।
    सिंहिनीले एउटा हरिणको बच्चालाई मातृवात्सल्य दिइरहेको तस्वीर अहिले भाइरल भएको छ ।
    आफ्ना बच्चाहरुलाई दुश्मन सिंहले मारिदिएपछि उसले यो मृगको बच्चालाई ‘धर्मंपुत्र’ बनाएकी थिइ ।
    फोटोग्राफर गोर्डोन डोनोभानले यो अद्भुत दृष्यलाई क्यामरामा कैद गरेका हुन् । तस्वीरमा सिंहनीले सानो हरिणलाई चाटिरहेको र सुरक्षा दिइरहेको देखिन्छ । नामिबियाको एटोशा नेसनल पार्कमा उक्त मृगलाई एक जोडी गर्भवती सिंहनीहरुले आक्रमण गर्न खोज्दा पनि यसले बचाएको थियो ।
    न्यूयोर्कका फोटोग्राफर डोनोभानले भने, ‘यो एउटा अनौठो र अद्भूत दृश्य थियो । जब सिंहनीले हरणकोे बच्चालाई अठ्याई, यसले मार्छे होला भन्ने लागेर म पर्खिरहेँ । तर, यसले त हरिणलाई सफा गर्न पो थाली । यो प्रकृतिको रहस्यमय तरिका हो कि अब के होला भनेर अनुमानै गर्न सकिँदैन ।’

    No comments

    Like Us