• Trending News

    साँच्चिकै भाइरल भयो मानसको गीत

    काठमाडौं । ‘रेशम फिलीली’ फिल्ममा समावेश ‘पारी त्यो डाँडामा…’ बोलको गीतले बेजोड चर्चा पायो । तर, यो गीतका रचनाकार मानसराज भने ओझेलमै रहे ।
    उनै मानसराज यतिबेला गीत-संगीतप्रेमी दर्शक-स्रोताका लागि चासोको विषय बनेका छन् । किनकी उनको नयाँ गीत ‘भाइरल भयो’ अहिले बजारमा साँच्चै भाइरल भएको छ ।
    मानसराजकै शब्द, संगीत र स्वर रहेको भिडियोलाई युट्युवमा एक करोडभन्दा बढी पटक हेरिएको छ । आफ्नो गीतलाई दर्शकले यति धेरै मन पराइदिएकोमा उनको खुशीको सीमा छैन ।
    मानसराज प्रारम्भमा गीतकार थिए । कुनै वेलाका चर्चित गायक मोहन भुषालसँग नजिक रहेका उनको गीतमा १० वर्ष अगाडी मोहन भुषालले स्वर भरेका थिए । अन्य गायक गायिकाले पनि थुप्रै गीत गाएका छन् । तर, सबै भन्दा धेरै चर्चा पायो चलचित्र ‘रेशम फिलीलीको पारी त्यो डाँडामा…बोलको गीतले ।
    स्कुल पढ्दैताका गीत, कविता लेख्ने गरेका मानसराज पछिल्लो समय कविता कम गीत धेरै लेख्छन् । गीत लेख्न थाल्दाताका उनै गायक भुषाललाई देखाउथें । त्यही क्रममा भुषालले ‘माया माया…’ बोलको गीतमा स्वर दिए ।

    No comments

    Like Us