• Trending News

    काबुलमा अर्को हमला, कम्तीमा ११ सैनिकको मृत्यु

    गएको एक सातामा राजधानी काबुललाई निशाना बनाइएको यो तेस्रो पटक हो।अधिकारीहरुका अनुसार आक्रमणका क्रममा दुई जना विद्रोही लडाकुहरुले शिविरको ढोका सामु आत्मघाती विस्फोट गराएका थिए।पाँच घण्टा लामो समयसम्म भएको भिडन्तमा अर्का दुई जना विद्रोही मारिएका छन्। एक जना पक्राउ परेका छन्।

    जिम्मा

    इस्लामिक स्टेट विद्रोही समूह आइएसले सो आक्रमणको जिम्मा लिएको जनाएको छ।शनिबार विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विष्फोट हुँदा एक सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।एक हप्ता अघि एउटा होटलमा आक्रमण हुँदा २२ जना मानिसको मृत्यु भएको थियो।तालिवानले ती आक्रमण आफूले गराएको बताएको थियो।



    आक्रमण

    स्थानीय समय अनुसार सोमवार बिहान ५ बजे भएको हमलामा साना हतियारबाट गोली चलेको सुनिएको काबुलबाट बीबीसीका महफुज जुबैदले बताए।टोलो समाचार संस्थाका अनुसार सुरक्षा फौजले उक्त क्षेत्रका सबै बाटोहरू बन्द गरेका छन्।अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका प्रमुखले लडाकु समूहहरू शहरी क्षेत्रमा सरेकाले आतंकवादविरुद्धका लडाइँको प्रकृति पनि परिवर्तन भएको बताएका छन्।अफगानको सैन्य संस्थाहरूलाई लडाकुहरूले बेलाबेला आफ्नो निशानामा पार्ने गरेका छन्।सन् २०१७ अक्टोबरमा मार्सल फाहिम सैन्य विश्वविद्यालय बाहिर भएको विस्फोटमा परी १५ सैन्य क्याडेटहरू मारिएका थिए।

    No comments

    Like Us