• Trending News

    स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा मेस्सी र स्वारेजले गरे गोल

    १५माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो ।
    बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले एक–एक गोल गरे । मेस्सीले फ्री किकमार्फत् गोल गरेका थिए ।

    यो जितसँगै बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडबीचको अंक दूरी ११ पुगेको छ । बार्सिलोनाको ५७ र एथलेटिको मड्रिडको ४६ अंक छ ।
    यसैबीच, एफए कप फुटबलअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् । म्यान्चेस्टर सिटीले कार्डीफ सिटीलाई २–० ले तथा चेल्सीले न्यूकासल युनाईटेडलाई ३–० ले हराएका हुन् ।

    No comments

    Like Us