बोल्ड नम्रता
नायिका नम्रता श्रेष्ठ अभिनयमा जादु छर्न सिपालु छिन् । हरेक चलचित्रमा भिन्न भूमिका र जीवन्त अभिनय उनको विशेषता हो । सामान्यतया, मिडियाबाट टाढा रहने नम्रता चलचित्रका कार्यक्रममा मात्र भेटिन्छिन् । उनै, नम्रता आफूले नै अभिनय गरेको चलचित्र ‘प्रसाद’को प्रिमियरमा निकै हट बनेर पुगिन् । प्रेमी दावा शेर्पाको साथमा हलमा पुगेपनि यो जोडी क्यामेराको अगाडि एकसाथ देखिन त्यती सहज मानिरहेको थिएन ।

नम्रताले रेड कार्पेटमा लगाएको पहिरनको भने खुबै तारिफ भयो । क्रिम रंगको गाउनमा नम्रता निकै खुलेकी थिइन् । उनको गाउनको माथिल्लो भाग धेरै खुल्दा उनको क्लिभेज स्पष्ट देखिएको थियो । नायिका श्रेष्ठले चलचित्रमा गरेको कामको खुलेरै प्रशंसा पनि भयो । सन्तान नहुँदा एक आमाले भोग्ने पीडामा नम्रताको अभिनय प्राकृतिक लाग्छ ।

Online Khabar
No comments