• Trending News

    फेरी दाङबाट आयो दुखद खबर ९ जनाको मृत्यु

    ६ पुस, काठमाडौं । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला ८ जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
    तुलसीपुर उप-महानगरपालिका  ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ६/७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनास्थलमा प्रहरी पुगेर उद्दार सुरु गरेको छ ।
    इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाही नेतृत्वको १९ जनाको टोली र  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा १७ जनाको प्रहरी टोली  खटिएको छ ।
    दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको छ ।

    No comments

    Like Us