• Trending News

    शाकाहारी मोदीको फिटनेस सूत्र : के खान्छन्, के गर्छन् ?


    योग





    लानो नेताले उच्च रक्तचापको औषधी खान्छन्, फलानोले मधुमेहको । फलानोलाई दमले ग्रस्त बनाएको छ, फलानोलाई औषधीले मात्र बचाएको छ ।’ नेपाली नेताहरुको ‘हेल्थ हिस्ट्री’ अर्थात शारीरिक स्वास्थ्यको पृष्ठभूमी खोतल्ने हो भने यस्तै जवाफ पाइन्छ । त्यसैले त बेलाबखत कटाक्ष गरिन्छ, ‘नेता-मन्त्री नै रोगी भएपछि देश कसरी निरोगी हुन्छ ?’


    त्यसो भए, अरु देशका नेताहरुको स्वास्थ्य चाहिँ कस्तो होला त ? कुरा गरौं छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा ।
    उमेरको हिसाब-किताब लगाउने हो भने, उनी ६८ बर्षका भए । मोदी यस्ता नेता हुन्, जो सात्विक जीवनशैलीका लागि चिनिन्छन् । उनी शाकाहारी भोजन गर्छन्, व्यायाम गर्छन्, योग गर्छन् । भनौं, उनको जीवनशैली अनुकरणयोग्य छ ।
    भनिन्छ, मोदी चार बर्षको प्रधानमन्त्रीकालमा एकपटक पनि बिरामी भएका छैनन् । उनको दिनचर्या एकदमै तालिकाबद्ध र सक्रिय छ । उनी बिहान ५ बजेदेखि राती १० बजेसम्म काम गरिरहेका हुन्छन् । सधै उस्तै ताजा, स्फूर्त देखिन्छन् । आखिर के कारणले उनी यति निरोगी र तन्दुरुस्त छन् त ? यी हुन् उनका फिटनेस रहस्य ः
    योग प्राचिनकालदेखि अभ्यास हुँदै आएको विधी हो, जसलाई आधुनिक समाजले पनि अनुसरण गरिरहेको छ । मोदीले आफ्नो दैनिकीको एउटा हिस्सा बनाएका छन्, योगलाई ।
    उनी भन्छन्, ‘योग शान्त र रचनात्मक जीवनको मूल मन्त्र हो ।’ यसले तनाव र मानसिक वेचैनी हटाइदिन्छ । मोदीले कुन-कुन योग गर्छन् त ?
    सूर्य नमस्कार र पैदल यात्रा
    उनी ५ देखि ६ घण्टा मात्र सुत्छन् । बिहान ४-५ बजे ओछ्यान छाड्छन् । त्यसपछि उनी योग सुरु गर्छन् ।
    सूर्य नमस्कार र प्राणायाम मोदीको पि्रय आसन हो । त्यसपछि उनी पैदल यात्रामा निस्कन्छन् । पैदल यात्राका लागि उनले तीस मिनेट समय छुट्याएका छन् ।
    सुखासन
    यो योग श्वास-प्रश्वास र ध्यानमा आधारित छ, जसले तनाव कम गरेर मनलाई एकाग्र र सकारात्माक उर्जा संचार गर्छ । यस योगले मेटाबोलिज्म तिब्र हुने मात्र होइन, खुट्टाको दुखाईमा पनि आराम मिल्छ ।
    पद्यासन
    पद्यासन आसनले पेटलाई स्वस्थ राख्न, मस्तिष्कको एकाग्रता बढाउन मद्दत गर्छ ।
    उष्ट्रासन
    यस आसनले पेट र पिठ्यूको तल्लो भागलाई लाभ हुन्छ । यसले हिप्स र तिघ्रालाई बलियो बनाउँछ । मोदी नियमित रुपमा यो आसन गर्छन् ।
    बज्रासन
    खाना खाएपछि मोदीले १० मिनेट बज्रासन गर्ने गरेका छन् । बज्रासनले खानेकुरा राम्ररी पचाउने मात्र होइन, ग्यास, एसिडिटी, कब्जियत आदिबाट छुटकारा दिलाउँछ । तर, यदि घुँडामा कुनै समस्या छ भने बज्रासन गर्न उपयुक्त हुँदैन ।
    स्वस्थ्यबर्द्धक खानपान
    मोदीले पछिल्लो २० बर्षदेखि सात्विक र सन्तुलित भोजनमा निकै ध्यान दिदै आएका छन् । खानाको लागि उनको खास कुनै डिमान्ड छैन । उनी साधारण खाना खान्छन् ।
    मोदीले बताउँदै आएका छन् कि, उनलाई रोटी र खिचडी एकदम मनपर्छ । ब्रेकफास्टमा इडली र डोसा रुचाउँछन् । यसका साथै उनलाई ‘नन स्पाइसी’ परम्परागत गुजराती खाना पनि मनपर्छ ।
    मोदीको बायोग्राफी लेख्ने आदित्य वासुले भनेअनुसार मोदी पूर्ण शाकाहारी हुन् । उनी भिन्डीको कडी, गुजराती स्विट आदि खान रुचाउँछन् ।
    मोदी गर्मी मौसममा पनि तातोपानी सेवन गर्छन् । यसले आफ्नो गला सफा र राम्रो बनाउने उनको विश्वास छ । यसका साथै उनी कागती पानी पिउन मन पराउँछन् । मोदी मादक पदार्थ सेवन गर्दैनन् ।
    मोदी के विश्वास गर्छन् भने, उपवासले शरीर फिट हुन्छ । उनी नवरात्रमा पुरै ९ दिनसम्म उपवास बस्छन् । यस अवधीमा उनी केवल कागती पानी मात्र सेवन गर्छन् ।
    संसदको क्यान्टिनमा मोदी केवल सलाद सेवन गर्छन् । उनी प|mुट सलाद रुचाउँछन् । कुनै पनि मसलेदार खानामा उनको रुची छैन ।
    Onlline Khabar

    No comments

    Like Us