• Trending News

    पर्यटक आगमनमा नयाँ कीर्तिमानः नेपालबारे विश्वभर सकारात्मक सन्देश प्रवाह


    काठमाडाैँ । सन् २०१९ को नोभेम्वरमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्याले पर्यटन इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ । यो वर्षको जनवरी महिनादेखि बढ्दै गएको नेपाल आउने पर्यटकको संख्या अक्टोवर र नोभेम्वरमा आएर उच्च विन्दुमा पुगेको छ । यो वर्षको नोभेम्वरसम्ममा नेपाल आउने पर्यटकको संख्या १० लाख १ हजार ९ सय ३० पुगेको छ । जुन गत वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । जसमा यो वर्षको अक्टोवर र नोभेम्वरलाई पनि जोड्ने हो भने यसको प्रतिशत बढेर २३ पुग्नेछ ।
    जनवरीदेखि नोभेम्वरसम्ममा भारतीय पर्यटकको संख्या २ लाख ६० हजार १ सय २४ पुगेको थियो । त्यस्तै चीनबाट नेपाल आउने पर्यटकको संख्या अक्टोवरमा ११ हजार ९ सय २१ थियो भने नोभेम्वरमा १२ हजार ९ सय ४४ रहेको थियो । जनवरीदेखि नोभेम्वरसम्ममा चीनबाट नेपाल आउने पर्यटकको संख्या १ लाख ३४ हजार ३ सय ६२ पुगेको थियो । त्यस्तै थाईल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल आउनेको संख्या पनि तुलनात्मक रुपमा बढेको छ ।
    युरोपियन पर्यटकहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । यस वर्षको अक्टोवर र नोभेम्वर महिनामा बेलायतबाट आउनेको संख्या ९ हजार २२ र ७ हजार ३ सय ९४ रहेको थियो भने क्रमशः जर्मनीबाट ७ हजार १ सय ५० र ४ हजार ३ सय ९३ , फ्रान्सबाट ७ हजार २ सय ४६ र ४ हजार ८३ रहेको थियो । जनवरीदेखि नोभेम्वरसम्ममा २ लाख २४ हजार २ सय ६ युरोपियन पर्यटक नेपाल भित्रिए । त्यस्तै यो वर्ष अमेरिकाबाट अक्टोवरमा ११ हजार ७ सय ५७ र नोभेम्वरमा ९ हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए भने जनवरीदेखि नोभेम्वरसम्ममा आउनेको संख्या ८२ हजार ८ सय ७० पुगेको थियो । र, अष्ट्रेलियाबाट आउोको संख्या ३३ हजार ५ सय २८ रहेको छ ।
    नेपाल पर्यटन विकास बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले नेपाल पर्यटकीय गन्तवयको रुपमा चिनिएको र सोचे भन्दा बढी विदेशी पर्यटक भित्रिरहेको बताए । जसको श्रेय यस क्षेत्रको विकासमा लागेका नेपाल सरकार, नेपाल पर्यटन विकास बोर्ड, विभिन्न निजी संस्थाहरु, संञ्चार माध्यमलाई जान्छ । त्यस्तै अहिले नेपालको पर्यटन क्षेत्रका भएको ऐतिहासिक रेकर्डले उत्सवको काहोल सृजना गरेको उनले बताए । र, आउँदो २०२० पर्यटन वर्षका काम्पियनहरुलाई पनि यसले सहयोय पुर्याउने दावी उनको छ ।
    NBC KHABAR

    No comments

    Like Us