• Trending News

    धनगढीमा गोली हानेर ९ लाख लुटियो

    १३ जेठ, धनगढी । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको छ ।
    आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ ।
    कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना अज्ञात ब्यक्तिले पुरानो भन्सार रोडमा कार्कीलाई गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    No comments

    Like Us