• Trending News

    च्याम्पियन्स लिगमा रोनाल्डोले गरे उत्कृष्ट गोल

    युभेन्टसमाथि रियल मड्रिडको सहज जित

    क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । उनको बाइसाइकल किक गोलसँगै रियल मड्रिडले क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टसमाथि ३-० को सहज जित निकालेको छ ।
    युभेन्टसको घरेलु मैदान ट्युरिनमा खेलमा रियलले तेस्रो मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा युभेन्टसले बराबरी गोल गर्ने अवसर खेल फाल्यो ।
    ६४ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गरे । इस्कोको पासमा उनले बाइसाइकल किक गोल गरे । यो च्याम्पियन्स लिगकै उत्कृष्ट गोल मध्येको एक मानिएको छ ।
    लगतै युभेन्टस १० खेलाडीमाम सिमित भयो । उसका डिबालाले रातो कार्ड पाएका थिए । खेलको ७२ औं मिनेटमा मार्सेलाले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
    लगातार १० खेलमा गोल
    युभेन्टसविरुद्धको दुई गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार १० खेलमा गोलको रेकर्ड बनाएका छन् । उनले १० खेलमा १६ गोल गरेका छन् ।
    यो सिजन १४ गोल गरेका छन् भने गत सिजनको फाइनलमा २ गोल गरेका थिए ।
    बार्यन म्युनिखको जित
    अर्को खेलमा बार्यन म्युनिखले सेभियालाई हराएको छ । बार्यनले सेभियालाई २-१ ले हराएको हो ।
    घरेलु मैदानमा भएको खेलमा सेभियाले ३२ औं मिनेटमा अग्रता लिएको थियो । तर, नाभासको आत्मघाती गोलसँगै खेल बराबरीमा पुग्यो । दोस्रो हाफको ६८ औं मिनेटमा थिएगोले गोल गरेपछि बार्यन म्युनिख विजयी बन्यो ।
    Onlinekhabar

    No comments

    Like Us