यूट्युब मुख्यालयमा गोली चल्यो, केही घाइते, आक्रमणकारीद्वारा आत्महत्या

प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ । सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् ।
गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ ।
आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै लेखेका छन्, ‘हामी एक मिटिङमा थियौं । हामीले मानिसहरु भागिरहेको देख्यौं । पहिले लाग्यो कि भूकम्प आयो होला । कोठाहरु खालि भइसकेपछि पनि हामीलाई थाहा थिएन कि के भइराखेको छ । मानिसहरु भागिरहेका थिए र मामला गम्भीर जस्तो लाग्यो ।’
उनी अघि लेख्छन्, ‘हामी एग्जिटतर्फ भाग्यौं । त्यहिबेला कसैले भन्यो यहाँ एक व्यक्ति बन्दुक लिएर घुसेको छ । मैले र्फस र सिँढीहरुमा रगतका थोपा देखें । यहाँ प्रहरी राइफल लिएर आइसकेका थिए ।’
यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्दछन् ।
Onlinekhabar
No comments