• Trending News

    राराको डिलमा प्रधानमन्त्रीको सम्वोधनः १८ पन्ना, ३१ बुँदा (पूर्णपाठ)

    भावुक हुँदै प्रधानमन्त्रीले के-के भने ?
     काठमाडौं । कर्णालीको रमणीय रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो ।
    राराको डिलमा स्थानीयहरु हिँडिरहेका देखिन्थे । छेउमा सेनाको हेलिकोप्टर थियो । सोही हेलीकोप्टर चढेर रारा पुगेका मन्त्रीहरु पनि छेउमा थिए । र, त्यहीँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावना मिश्रित १८ पन्ने लिखित सम्वोधन गरे देशबासीका नाममा ।
    प्रधानमन्त्रीले भन्दै आएको विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्य लगायतका विषयहरु भाषणमा समेटिएका छन् ।
    प्रकृतिको रमणीय वक्षस्थलमा पुगेका कारणले हुनुपर्छ, प्रधानमन्त्रीको भाषणमा सौन्दर्यरस र सपनाहरुको मिश्रणमात्रै हैन, महानन्द सापकोटाको कवितासमेत कोट गरिएको छ ।
    प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा आफू तेह्रथुमको मध्यमवर्गीय परिवारमा जन्मिएकोसमेत बताए ।
    कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आजबाट सुरु हुने रारा महोत्वसको उदघाटनपूर्व प्रधानमन्त्रीले देशबासीका नाममा सम्वोधन गरेका हुन् ।
    यसअघि शुक्रबार राराको डिलमा कर्णाली प्रदेशको क्याबिनेट बैठकमा समेत प्रधानमन्त्री र काठमाडौंबाट गएका केही मन्त्रीहरुले सहभागिता जनाएका थिए ।
    एउटा सानोतिनो पुस्तिकाजति नै लामो प्रधानमन्त्रीको भाषणको पूर्णपाठ यस्तो छ-

    oNLINEKHABAR 

    No comments

    Like Us