५ सयको नयाँ नोट बजारमा, के-के बदलिए ? यसरी चिन्नुस् सक्कली

यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए । अहिले दुई वटा पाटे बाद्दको सट्टामा एउटा मात्रै राखिएको छ ।
नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ ।
नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ । ३.५ मिलिमिटर चोडा भएको र नोटलाई सिधा हेर्दा रातो रङ तथा ढल्काएर हेर्दा हरियो रङ देखिने गरी सुरक्षण धागो पनि राखिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र छ । साथै लालीगुराँसको पानी छापको बायाँतर्फ दृष्टिविहीनले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि छन् ।
नोटको पछाडितर्फको माथिल्लो भागमा अंग्रजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने बीच भागमा एउटा पाटेबाघको चित्र छ । नोटको तल्लो भागमा अंग्रेजीमा रुपीज फाइभ हन्ड्रेड लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको राष्ट्रबैंकले जानकारी दिएको छ ।

No comments