• Trending News

    भारतबाट ल्याएको ४५ लाखसहित गाडीचालक पक्राउ

    विराटनगरको रानीबाट प्रहरीले ४५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
    रानी भन्सारको मुख्य गेट नेपालतर्फबाट विहान १० बजे प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय नारायण साहलाई पक्राउ गरेको हो ।
    उनले चलाएको बी आर ११ ए ए ६२६५ नम्बरको कारको सिटबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
    जोगबनीबाट विराटनगर तर्फ आउने क्रममा शाहले हाकेको गाडी चेकजाँच गर्नेक्रममा सिटमा लुकाई राखेको रकम बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।
    एसपी बिसीले साह गाडीचालक मात्र रहेको र गाडी धनी पहिचान हुन नसकेको बताए । ‘हामी अनुसन्धानको प्रक्रियामा छौं, गाडीधनी र के प्रयोजनका लागि यो पैसा नेपाल तर्फ आएको हो यो चाडै खुल्ने छ’ उनले भने । एसपी बिसीले उक्त रकम हुण्डीमार्फत ल्याएको हुन सक्ने आशंका गरे ।
    प्रहरीका अनुसार साहले १ हजार दरका ३४ सय थान, ५ सय दरका २१ सय थान र १ सय दरका ५ सय थान रकम बरामद गरिएको हो । प्रहरीले यति ठूलो परिमाणको रकम भारतबाट आउनुलाई हुण्डी कारेाबारीको पैसा हुन सक्ने अनुमान गरेको छ ।
    साहमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्धा चलाउने तयारी गरेको छ ।
    onlinekhabar

    No comments

    Like Us