• Trending News

    हार्डवेयरको ५ महिने तालिमबाट मासिक ५० हजार आम्दानी

    ल्यापटप एण्ड रिपेयरिङ सेन्टरले न्युनतम शूल्कमा विभिन्न हार्डवेयर सम्बन्धी विभिन्न सिपमुलक तालिम प्रदान गर्ने भएको छ।
    रोजगारीको अवसर नपाएको तथा राम्रो कमाई नहुने भन्दै वार्षिकरुपमा विदेशिने युवालाई सेन्टरले स्वदेशमै स्वरोजगारमुखी तालिम दिइरहेको छ।
    सेन्टरका प्रबन्ध निर्देशक दिपक पोखरेलले विभिन्न सिपमुलक तालिम लिने हो भने मनग्य आम्दानी गर्न सकिने भएकाले वेरोजगार तथा विदेशिन खोज्ने युवालाई लक्षित गरेर तालिम सञ्चालनमा ल्याएको बताए।
    पोखरेलका अनुसार उनको सेन्टरले ल्यापटप, मोबाइल, फोटोकपी, प्रिन्टर, क्यामरा लगायतका विद्युतिय सामाग्रीको हार्डवेयर बनाउने तालिम दिन्छ।
    बिग्रिएका ती सामाग्रीहरुलाई हार्डवेयर, चिप, मोदरबोर्ड तथा सर्किट बोर्ड बनाउन सक्ने गरी चरणबद्धरुपमा तालिमहरु प्रदान गरिन्छ।
    ‘हाम्रो मूख्य उद्धेश्य भनेको जागिर नपाएर बसेका युवालाई सिपमुलक तालिम प्रदान गरेर स्वदेशमै उद्यमी बनाउनु हो। एक चोटी तालिम लिएकाहरुले जीवनमा पुन वेरोजगार बस्नु पर्नेछैन्’, पोखरेलले दाबी गरे।
    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त तथा आइएसओ २००९ः२०१५ द्धारा प्रमाणित यस सेन्टरले साढे ३ देखि ६ महिनासम्मका तालिम दिने गरेको छ।
    पोखरेलको भनाईमा मोबाइल वा ल्यापटपकको १० देखि १५ हजार, मोबाइल र ल्यापटपकको २५ हजार रुपैंयाँ शूल्क लाग्छ। यो ५ महिनाको तालिम हो।
    प्रिन्टर र फोटोकपीको तीन महिने तालिमको १० हजार शूल्क लाग्छ। त्यस्तै ३ देखि ५ महिनासम्मको डिएसएलआर क्यामरा बनाउने तालिमको शूल्क ३० हजार लाग्छ।
    यी मध्ये कुनै पनि तालिम लिएमा जागिर सहजै पाउने तथा तालिमकर्ताले आफू स्वंयले व्यवसाय गर्नं सक्ने दाबी गरे।
    ‘हामीसँग तालिम लिएका प्राय विद्यार्थीहरु कोही सामसङ, ओप्पो तथा अन्य धेरै स्थानमा जागिरे छन्। अन्य धेरैले आफैं व्यवसाय सुरु गरेर राम्रो आम्दानी गरिरहेका छन’, पोखरेलले भने।
    पोखरेलले जागिर खाइरहेकाले ३० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको भन्दै व्यवसामा लाग्नेहरुले एक लाखसम्म मासिक कमाई गरिरहेको बताए।
    त्यस्तै उनले यो व्यवसाय एक लाखमै सुरु गर्न सकिने भन्दै ठूलो लगानी समेत नलाग्ने बताए। व्यवसाय नगरेर जागिर नै खान चाहानेहरुलाई सेन्टरले नै काम खोजिदिने उनले जनाए।
    ‘सिप सिकेर आफैं व्यवसाय सुरु गर्नेले मासिक एक लाखसम्म आम्दानी गर्न सक्छन्। कोइ जागिर खान खोज्छन् भनेपनि हामी आफैं लगाइदिन्छौँ’, उनले भने।
    SETOPATI

    No comments

    Like Us