राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने, झलनाथले टिकट पाएनन्

मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।
राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ ।
भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् ।
राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । २९ गते निर्वाचन हुनेछ ।
प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्नेछ र वाम गठबन्धनको प्रष्ट बहुमत छ ।
onlinekhabar
No comments