वातावरणका लागि सबैभन्दा खतरनाक बन्दैछ स्मार्टफोन

उनीहरुले पत्ता लगाएका तथ्यहरु जर्नल अफ क्लिनर प्रोडक्सनमा प्रकाशित छ । त्यसमा उल्लेख गरिएअनुसार स्मार्ट फोन, ल्यापटपजस्ता सामग्रीले अनुमान गरिएभन्दा धेरै हानिकारक ग्यास उत्सर्जन गरेको छ । यस्ता सामग्रीको उत्पादन र सञ्चालनका क्रममा धेरै धेरै हानिकारक ग्यास उत्सर्जन हुन्छ ।
‘हाल यसको भूमिका (वातावरण प्रदुषणमा) १.५ प्रतिशत रहेको छ । यही ट्रेण्ड कायम रहेमा २०४० सम्ममा कार्बन उत्सर्जनमा १४ प्रतिशतसम्म पुग्न सक्छ, यो भनेको विश्वभरका यातायात क्षेत्रको भन्दा आधा हो ‘ क्यानडाको म्याकमास्टर विश्वविद्यालयका डब्लु बुथ स्कुल अफ इन्जिनियरिङ, प्राक्टिस एण्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर लोट्फी बेल्करले भनेका छन् ।
उनले अगाडि भनेका छन् ‘हरेक टेक्स्ट म्यासेज, हरेक फोन कल र हरेक भिडियो डाउनलोड वा अपलोड गर्दा डाटा सेन्टरले कार्बन उत्सर्जन गर्छन्, तपाईले काम गर्दा टेलिकम्युनिकेसन नेटवर्क र डाटा सेन्टरले धेरै उर्जा खपत गर्छ’ बेल्करले भनेका छन् ।
सूचना प्रविधिका यस्ता डिभाइसहरुमध्ये सन् २०२० मा वातावरणका लागि सबैभन्दा हानिकारक डिभाइसका रुपमा स्मार्टफोनलाई लिइएको छ । जबकि स्मार्टफोन सञ्चालनका क्रममा धेरै कम उर्जा खपत हुन्छ, बरु यसको उत्पादनका क्रममा ८५ प्रतिशत कार्बन उत्सर्जनमा असर गरिरहेको हुन्छ ।
‘स्मार्टफोनको चिप्स र मदरबोर्डका लागि धेरै उर्जाको आवश्यकता पर्दछ, किनकी यो विशेष प्रकारको धातुबाट बनाइन्छ’ अध्ययनमा भनिएको छ ।
No comments