तस्करले अमेरिका पुर्याएका शिव-पार्वती र बुद्धका मूर्त्ति नेपाल ल्याइँदै

मूर्त्ति नेपाल फिर्ता गर्ने सहमतिमा न्यूयोर्कस्थित कन्सुल जनरल मधुकुमार मरासिनी र मेट्रोपोलिटन कला संग्रहालयका अध्यक्ष डेलियल एन विसले हस्ताक्षर गरेका छन् ।
फिर्ता हुन लागेका मध्ये एउटा टंगालहिटी पाटनबाट हराएको उमा महेश्वर (शिव-पार्वती)को मूर्त्ति हो भने अर्को यट्खाटोल काठमाडौंबाट हराएको बुद्धको पूर्णकदको मूर्त्ति हो ।
बुद्धको मूर्त्ति ११/१२ औं र शिव पार्वतीको मूर्त्ति १२/१३ औं शताब्दीमा बनेका मानिन्छन् । दुवै मूर्त्ति सन् ८० को दशकमा नेपालबाट हराएको अनुमान गरिएको छ ।
चोरी तस्करी भएर दुई मूर्त्ति अमेरिका पुगेको वर्षौंपछि पत्ता लागेको थियो । नेपालबाट चोरी भएर मूर्त्ति आइपुगेको खुलासा भएपछि न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले त्यसलाई आफ्नो प्रदर्शनी कक्षबाट हटाएको थियो ।
लगत्तै नेपाली पक्षले मूर्त्ति स्वदेश फिर्ता गराउन पहल थालेको थियो । संग्रहालयले नेपाली मूर्त्ति फिर्ता गर्न तत्परता देखाएपछि सोमबार यसले मूर्त रुप लिएको हो ।

मूर्त्ति नेपाल फिर्ता गर्ने हस्ताक्षरका क्रममा न्यूयोर्कस्थित कन्सुल जनरल मधुकुमार मरासिनी र मेट्रोपोलिटन कला संग्रहालयका अध्यक्ष डेलियल एन विस


No comments