होली खेल्ने क्रममा छतबाट खसेर पोखरामा बालकको मृत्यु

हर्सोल्लासपूर्वक होली मनाउने क्रममा पोखरा लेखनाथ महानगरपालिका–२, विन्ध्याबासिनीस्थित आफ्नै घरको छतमा होली खेल्ने क्रममा खसेर स्थानीय रवि रेग्मीका ११ वर्षीय छोरा आविस्कार रेग्मीको ज्यान गएको हो । उनी गण्डकी बोर्डिङ स्कुलमा कक्षा ५ अध्ययतरत रहेको बताइएको छ ।
घट्ना अनुसार २ तले घरको छतमा आविस्कार दिदीसँग होली खेलिरहेका थिए । सो क्रममा दिदीले रङ घोलिएको पानी बाल्टिनले खन्याउने क्रममा आविस्कार बाल्टीसँगै छतबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् । छतबाट खसेर गम्भीर घाइते आविस्कारलाई चिकित्सकले बचाउन सकेनन् ।
होलीमा ८१ जना कारवाहीमा
यसैबीच, होलीको दिन बिहीबार पोखरामा ८१ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष सुरक्षा योजना लागू गर्दै कडाईका साथ चेकिङ गर्दा ५१ वटा सवारीसाधनसहित ८१ जनालाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा ६ महिला र ७५ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Onlinekhabar
No comments