तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ ।होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।
सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा बिदा दिएको छ ।
होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ ।
दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।
Onlinekhabar
No comments