• Trending News

    दुर्घटनाअघि पाइलटलाई कन्ट्रोल रुमको चेतावनीः म फेरि भन्छु, त्यसो नगर्नुस्

    काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।
    विमानमा रहेका २१ जना घाइते भएका छन् । एकजनाको अवस्था अज्ञात छ । विमान दुर्घटनाअघि कन्ट्रोल रुम र पाइलटबीच भएको सम्वाद सावर्जजिक भएको छ ।
    सम्वाद टुटेको झण्डै १२/१३ मिनेटपछि बल्ल कन्ट्रोलले थाहा पाउँछ- विमान दुर्घटना भइसकेछ ।
    यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद
    कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।
    पाइटलः ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।
    कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक -जहाज) त्यहाँ छ ।
    … बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् ।
    यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । -राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ )
    कन्ट्रोलले जवाफ दिन्छ- हुन्छ सर
    कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ?
    पाइटलः यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं ।
    कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।
    पाइटलः हुन्छ । अवतरणको प्रयास गर्छौं ।
    (केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ- जिरो टू मा गयो जस्तो छ ।)
    कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईले रनवेलाई देखिराख्नुभएको छ ? कर्न्फम गर्नुस् ।
    पाइटलः अहँ छैन ।
    कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । …. रनवे अझै देख्नुभएको छैन ?
    पाइटलः रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् ।
    कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।
    पाइटलः रन वे जिरो टू
    कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।
    कन्ट्रोल रुमः आर्मी ५-३ ! बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ ?
    आर्मी ५-३- हुन्छ ।
    (कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)
    कन्ट्रोल रुम- ९ लिमा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् ।
    पाइटलः सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?
    (केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ)
    कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।
    कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !
    त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १-० लाई होल्ड गर्न भन्छ । त्यसबीचमा कन्ट्रोलको अरु विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बंगला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।
    ONLINEKHABAR

    No comments

    Like Us