आकर्षक जागिर पाउने लोभमा पर्दा ३३ लाख रुपैयाँ गुम्यो

उनले खोटाङ निर्मली डाँडा–१ का निरकाजी बस्नेतसहित ४ जनालाई ३३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । विदेश नपठाएपछि पीडितले रकम फिर्ता माग्दा दुई सहकारीको चेक दिए पनि खातामा मौज्दात रकम नभएको खुलेपछि पीडितले उजुरी दिएका थिए ।
अनुसन्धानका क्रममा उनले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ ।
थप अनुसन्धान भइरहेको छ ।
No comments