• Trending News

    लिग लिडर बार्सिलोनालाई लास पाल्मासले बराबरीमा रोक्यो


    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनालाई लास पाल्मासले बराबरीमा रोकेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना र लास पाल्मासबीचको खेल एक-एक गोलको बराबरीमा टुंगियो ।
    खेलको सुरुआती अग्रता भने लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले लिएको थियो । मेस्सीले २१ औं मिनेटमा गोल गरेका थिए । तर दोस्रो हाफमा लास पाल्मासले पेनाल्टीमार्फत् बराबरी गोल गर्‍यो । लास पाल्मासका लागि ४८ औं मिनेटमा जोनाथन क्यालेरीले गोल गरे ।
    खेल बराबरी भए पनि अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा कायमै छ । बार्सिलोनाले २६ खेलबाट ६६ अंक जोडेको छ । समान खेलबाट ६१ अंक जोडेको एथ्लेटिको मडि्रड दोस्रो स्थानमा छ । यसैगरी समान खेल खेलेको रियल मडि्रड ५१ अंकसहित तेस्रो स्थानमा छ ।
    Onlinekhabar

    No comments

    Like Us