तस्बिरमा हेर्नुहोस् पाटनमा नयाँ कुमारीको प्रतिस्थापन

प्रतिस्थापन पूजा गरेपछिमात्रै नयाँ कुमारीलाई देवी मानिने तलेजु मन्दिरका पुजारी रखन राजोपाध्यायले बताए।
पाँच वर्षीया कुमारी बज्राचार्य आजैदेखि कुमारी घरमा बस्न थालेकी छन्। आसनमा रहेकी कुमारीको पहिलो महिनावारीपछि अर्की कुमारीको खोजी हुने गरेको छ । उनी भन्छन्, “महिनावारी भएपछि बालिका आसनमा बस्न नहुने मान्यता छ ।”
पाटनमा बज्राचार्य परिवारबाट कुमारी छान्ने गरिन्छ । “कुमारी बन्ने बालिका स्वस्थ र राम्री हुनुपर्छ,” उनले भने। काठमाडौँ उपत्यकाका तीनै जिल्लामा फरक–फरक कुमारी छन् ।
पाटनमा तलेजु मन्दिरका मूल पुजारीले कुमारी छान्ने गरेका छन् । पहिले बज्राचार्य परिवारबाट सुन्दर र स्वस्थ बालिका जो इच्छुक छन् तिनको खोजी हुन्छ । पहिले मूल पुजारीले केही बालिका छानेपछि उनकी श्रीमतीले बालिकाको घाउ/चोट भए/नभएको हेर्ने चलन छ । उनी भन्छन्, ‘कुमारी बन्ने बालिका तेजस्वीसमेत हुनुपर्छ।’
कुमारी धार्मिक र सांस्कतिक रुपमा महत्वपूर्ण मानिन्छन्। तस्बिरमा हेर्नुहोस्।














setopati
No comments