नवाज शरीफ पार्टी अध्यक्षमा पनि अयोग्य

नवाज शरीफ सत्ताधारी पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) का संस्थापक हुन् । उनी पार्टीको अध्यक्ष पदमा अहिले पनि छन् ।
सर्वोच्चले पनामा पेपर लिक्स प्रकरणमा दोषी ठहर गर्दै सरकारको नेतृत्व गर्न अयोग्य रहेको फैसला गरेपछि गत वर्ष जुलाई महिनामा नवाज शरीफले प्रधानमन्त्री पद त्यागेका थिए । तर, उनले पार्टीको नेतृत्व भने त्यागेका थिएनन् ।
सर्वोच्चको पछिल्लो फैसलाले आगामी महिनामा हुन लागेको संसदीय चुनावलाई लिएर अनिश्चयको वातावरण बनेको बीबीसीले लेखेको छ ।
शरीफले आफूविरुद्ध राजनीतिक षडयन्त्र भइरहेको दावी गर्दै आएका छन् । तल्लो सदन नेशनल एसेम्ब्लीमा नवाजको पार्टीको बहुमत छ । आगामी चुनावबाट पनि संसदमा उनकै पार्टीले बहुमत ल्याउने अनुमान गरिँदै आएको बेला सर्वोच्चको पछिल्लो फैसला आएको हो ।
सर्वोच्चको यो फैसलापछि शरीफ नेतृत्वको पार्टी आन्तरिक छलफलमा जुटेको छ । छलफलका लागि पन्जाबका मुख्यमन्त्री शाहबाज शरीफ लाहोरस्थित नवाज शरीफको घर पुगेका छन् । शाहबाज शरीफ नवाज शरीफका भाइ हुन् ।
No comments