रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो

खेलमा सुरुवाती अग्रता भने लेगानेसले छैठौं मिनेटमै लिएको थियो । तर, बस्टिङ्जाले गरेको गोलको अग्रता धेरै समय टिक्न सकेन ।
रियलका भाजक्वेजले ११ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि अरु दुई गोल कासिमिरो र सर्जियो रामोसले थपे । कासिमिरोले २९ औं मिनेटमा र रामोसले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत् गोल गरे ।
यो जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । २४ खेल खेलेको रियलको ४८ अंक छ । समान खेल खेलेका बार्सिलोना ६२ अंकसहित पहिलो र एथलेटिको मड्रिड ५५ अंकसहित दोस्रो स्थानमा छन् । यसैगरी भ्यालेन्सिया ४६ अंकसहित चौथो स्थानमा छ ।
oblinekhabar
No comments