सीरिया संकटः यौनप्यास मेट्दै, भोजन बेच्दै !
काठमाडौं । सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् ।राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेको समाचारमा उल्लेख छ । देशको दक्षिण भागमा यो समस्या ब्यापक छ ।
स्वम् राहतकर्मीले बीबीसीलाई दिएको जानकारीअनुसार महिलामाथीको यौन शोषण डरलाग्दो रुपमा भइरहेको छ । जसको कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जान मानिरहेका छैनन् ।
एक राहतकर्मी दावी गर्दै भन्छन्, ‘केही मानवतावादी एजेन्सीले घटनालाई देखे पनि नदेखेजस्तो गरिरहेका छन् ।’
संयुक्त राष्ट्र संघ जनसंख्या कोषको मूल्याङ्कनमा यो पनि उल्लेख छ । मद्दत सामग्री दिने बहानामा महिलाको यौन शोषण भएको छ । संगठनले यो मूल्याङ्कन गएको वर्ष सिरियाको विभिन्न स्थानमा गरेको थियो ।
निशानामा एकल महिला
भ्वाइस फ्रम सीरिया २०१८ नामको यस रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ । जुन रिपोर्टमा भनिएको छ, ‘महिला एवं युवतिहरुले अधिकारीहरुसँग केही समयका लागि बिहे गरेका छन् । उनीहरुको विवाहको उद्देश्य हुन्छ पेटभरि खान पाइयोस् । त्यसको बदलामा अधिकारीहरु यौन प्यास मेट्छन् ।’
रिपोर्टमा उल्लेख भएअनुसार राहतकर्मीहरु महिलाको फोन नम्बर माग्छन् र घरमै पुग्छन् । पति गुमाएका एकल महिला र सम्बन्ध बिच्छेद भएका महिलाहरु उनीहरुको निशानामा पर्ने गरेका छन् ।
यस किसिमको घटना तीन वर्ष पहिला पनि सार्वजनिक भएको थियो । तर, फेरि पछिल्लो रिपोर्ट बाहिर आएको छ ।
सहयोगी संस्थाका लागि सल्लाहकारको काम गरिरहेको डेेनिएल स्पेन्सरले २०१५ मा जोर्डनका केही सीरियाली महिला समूहले यस विषयमा गुनासो गरेको उल्लेख छ ।
सहयोगी संस्थाले भनेका छन्, ‘ति पुरुषहरु राहत सामग्री तबसम्म रोकेर राख्छन् जबसम्म महिलाहरु यौनकार्यका लागि तयार हुँदैनन् । एक महिला आफ्नो कोठामा निकै रोएकी थिइन्, सुन्दा निकै नरमाइलो लाग्यो ।’
त्यसो त महिलालाई राहत उपलब्ध गराउदा सहयोग उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ ।

४० प्रतिशत महिला यौन हिंसाको शिकार
द इन्टरनेशन रेस्क्यु कमिटीले यस किसिमको सर्भे जुन २०१५ मा सार्वजनिक गरेको थियो जहाँ १९० महिला एवं युवति सहभागी थिए । रिपोर्टमा उल्लेख भएअनुसार ४० प्रतिशत महिलाले यौन हिंसाको शिकार भएको बताएका छन् ।
कमिटीका प्रवक्ताले भनेका छन्, ‘सर्भेको निष्कर्षअनुसार दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय बनेको छ । जहाँ राहत सामग्रीको बदलामा यौन शोषण गरिन्छ ।’
बीबीसीले यस रिपोर्टलाई १५ जुलाई २०१५ को संयुक्त राष्ट्र संघ जनसंख्या कोषको बैठकमा पेश गरेको थियो । जोर्डनको राजधानी अम्मानमा भएको यस बैठकमा संयुक्त राष्ट्र एवं अन्तराष्ट्रिय संगठनले सहभागीता जनाएका थिए ।
निगरानी समूह
द इन्टरनेशनल रेस्क्यु कमिटीका प्रवक्ताका अनुसार दक्षिणी सिरियामा महिला एवं युवतिको सुरक्षाका लागि अब केही नयाँ कार्यक्रम सुरु हुने छ ।
केयर संस्थाले सीरियाको निगरानी टिम विस्तार गर्नुको साथै राहत सामग्री स्थानीय एजेन्सीलाई दिन बन्द गरेको छ । राहत दिने यस्ता संस्थाहरु भने मौन रहने गरेका छन् ।
२०१५ मा संयुक्त राष्ट्र जनसंख्या कोषको बैठकमा यो रिपोर्ट पेश गरिएको थियो । तर, संयुक्त राष्ट्रसंघले भने कुनै कारवाही गरेन ।
oNLINEKHABAR
No comments