आँखा झिम्क्याउने प्रिया प्रकाश वारियरलाई अदालतले दियो राहत

प्रियाले अभिनय गरेको फिल्म ‘उरु अदार लव’ को भाइरल गीतमाथि विवाद उत्पन्न भएको थियो । गीतले मुस्लिम समुदायको धार्मिक भावनालाई चोट पुर्याएको भन्दै एफआइआर दर्ता गरिएको थियो । यसको विरुद्धमा प्रियाले सर्वोच्च अदालतमा एउटा निवेदन हालेकी थिइन् ।
बुधबार अदालतले एफआइआरमाथि हुने कुनै पनि प्रकारको कानूनी प्रक्रियालाई स्थगन गर्न आदेश दिएको छ । अदालतले अर्को आदेश नहुँदासम्म प्रिया प्रकाश र निर्माता ओमर लुलुविरुद्ध कुनै कारवाही नगर्न पनि भनेको छ ।
प्रियाले आफ्नो निवेदनमा भनेकी छिन् कि जुन गीतमा बबाल उठाइएको छ, त्यो केरलाका मुस्लिम समुदायमा दशकौंदेखि गाइने गीत हो । महाराष्ट्र र तेलंगानामा अनुवादमा गल्तिको कारणले भ्रम उत्पन्न भएको उनको भनाई थियो । प्रियाले निवेदनमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत पनि गरेकी थिइन् ।
प्रियाले भनेकी छिन्, ‘यो गीत ४० वर्ष पुरानो हो । र, अहिलेसम्म यसमाथि मुस्लिम समुदायले कुनै आपत्ति जनाएका थिएनन् । अचानक यो गीतले कसैको भावनामा चोट पुर्याउन सक्दैन ।’
महाराष्ट्रको एक स्थानीय संगठनले पि्रया प्रकाशको आगामी फिल्म ‘उरु उदार लव’ को उक्त गीतले मस्लिमहरुको भावनालाई चोट पुर्याएको आरोप लगाएको थियो । यसका निर्देशक ओमर लुलुका विरुद्ध महाराष्ट्रको जिन्सी पुलिस स्टेसनमा उजुरी गरिएको थियो ।
यसभन्दा अगाडि हैदराबादमा केही युवकहरुले गीतका विरुद्ध एफआइआर दर्ता गराएका थिए । साथै रजा एकेडेमीले गीतमाथि प्रतिवन्धको माग गरेका थिए ।
को हुन् प्रिया ?

१८ बर्षिय प्रिया बीकम पहिलो वर्षकी विद्यार्थी हुन् । उनी केरलको त्रिशुरमा बस्छिन् । उनको डेब्यू फिल्म ‘उरु उदार लव’ को गीतको एउटा दृष्य इन्टरनेटमा भाइरल बनेपछि उनी चर्चामा छिन् । यो फिल्म ३ मार्चमा रिलिज हुँदैछ । गीत भाइरल भएपछि प्रियालाई इन्स्टाग्राममा एक दिनमै ६ लाखभन्दा बढिले फलो गरेका थिए ।
OnlineKhabar
No comments