• Trending News

    काठमाडौं– बुधबार भ्यालेन्टाइन डे

    Jennifer Garner and Ashton Kutcher in Valentine's Day (2010)काठमाडौं– बुधबार भ्यालेन्टाइन डे । प्रेमीप्रेमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गरी मनाउने दिन । यसो त भ्यालेन्टाइन डेकै दिन  औपचारिक रुपमै प्रेम प्रस्ताव राख्ने प्रचलन पनि युवापुस्तामा रहेको छ । 
    पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ ।
    भ्यालेन्टाइन डेका लागि आफ्नो प्रेमीलाई दिने  उपहार किन्नका लागि राजधानीका विभिन्न गिफ्ट सेन्टरमा युवायुवतीहरुको चहलपहल देखिएको छ । आज दरबारमार्गलगायतका विभिन्न  स्थानमा पुग्दा गिफ्ट  पसलहरुमा युवायुवती गुलावसहितका  विभिन्न प्रेमभाव झल्काउने उपहार किन्नमा व्यस्त देखिन्थे । 

    No comments

    Like Us