• Trending News

    स्वराको खुलापत्रबारे दीपिकाको यस्तो जवाफ

    अहिले फिल्म ‘पद्यावत’लाई लिएर बलिउडकर्मीवीच वाकयुद्ध चलिरहेको छ । धेरैले त फिल्मको तारिफ गरेका छन् । कतिले भने फिल्मको विषयलाई लिएर तर्क गरिरहेका छन् ।
    यसै मेसोमा केही समयअघि अभिनेत्री स्वरा भास्करले निर्देशक संजय लिला भन्सालीलाई लक्षित गर्दै खुला पत्र लेखिन् । त्यो पत्र यति चर्चित भइदियो कि, स्वंम स्वराले पनि अनुमान गरेकी थिइनन् । उनले एक अन्र्तवार्तामा भनेकी छिन्, ‘यो पत्रले यति धेरै हलचल ल्याउँछ भन्ने लागेकै थिएन ।’
    उनलाई नलागेको कुरा के पनि हो भने, त्यसको जवाफ उनले राम्रैसँग पाउनेछन् । आखिरमा उनको खुला पत्रमाथि टिप्पणी गर्नेहरु थुप्रै निस्किए । अभिनेता शाहिद कपुरदेखि अरु बलिउडकर्मीले स्वरालाई राम्रैसँग जवाफ फर्काए । अब दीपिका किन चुप लागेर बस्थिन् ?
    दीपिकाले भनिन्, ‘सायद स्वराले फिल्मको सुरुवातमा ‘डिस्क्लेमर’ पढ्न बिर्सिइन् ।’
    यो फिल्म पुरानो कालखण्डको कथामा आधारित छ । यस फिल्ममा महिलाहरुको बहादुरी र पराक्रम देखाइएको छ । दीपिकाले थपिन्, ‘हामीले सतिप्रथाको महिमामन्डन गरेका छैनौं ।’
    रावल रतन सिंहको भूमिका निर्वाह गरेका शाहिद कपुरले यसअघि स्वरालाई जवाफ दिएका थिए,  ‘सिंगो फिल्म उद्योगले पद्मावतको समर्थन गरिरहेको बेला स्वराले यस प्रकारले विरोध गर्नु अनौठो लागिरहेको छ ।’
    यता फिल्मका अर्का अभिनेता रणवीर सिंहलाई यस विषयमा प्रश्न गर्दा उनले ठट्यौलो जवाफ दिए । उनले भने, ‘मलाई अरु कुरा थाहा छैन, मलाई स्वराले म्यासेज गरेर फिल्ममा मेरो अभिनयको प्रशंसा गरेकी छिन् । म यसैमा खुशी छु ।’
    हालै एउटा अन्तरवार्तामा स्वरालाई सोधियो, ‘के तपाईंको खुलापत्रमाथि यत्रो बबाल होला भन्ने लागेको थियो ?’
    उनले जवाफ दिइन्, ‘मैले सोचेकै थिइनँ यस्तो होला भन्ने । फिल्मसँग असम्वन्धित व्यक्तिहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।’
    Onlinekhabar

    No comments

    Like Us